काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडक व्यापारलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् ।
सरकारले नीतिगत र कानुनी रूपमै सडक व्यापारलाई व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख सचेतक गिरीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा सडक व्यापार पनि मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पाटो हुने भएकाले तीन वटै तहको सरकारले मिलेर यसलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
उनले सडक व्यापारको व्यवस्थापनका लागि आफ्नो पार्टीले संसदमार्फत सरकारलाई दबाब दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रमुख सचेतक गिरीले भने ‘सडक व्यापारलाई मर्यादित ढंगले, सडकलाई पनि मर्यादित बनाउन सकियोस् । भद्रगोल पनि नहोस् । अव्यवस्था पनि नहोस् । सडक कुरूप पनि नबनोस् । तर सँगसँगै यसलाई मर्यादित र व्यवस्थित गर्नसक्ने हो भने हाम्रो जस्तो सानो इकोनोमी भएको, अहिलेको जुन आर्थिक स्थिति छ । यस्तो बेलामा सानोसानो पुँजीलाई लिएर मान्छेले आत्मनिर्भरताको बाटो लिइरहेका बेलामा यो एउटा अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्नसक्छ । तर यसलाई नीतिबाट गाइड गर्नु प¥यो । विधिबाट गाईड गर्नुप¥यो । कानुनद्वारा व्यवस्थित गर्नुप¥यो । यसतर्फ सोच्नुपर्छ तीन वटै तहको सरकारले भन्ने मलाई लाग्छ ।’
कार्यक्रममा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद रमा कोईराला (पौड्याल) ले गरिखानेहरूलाई उठिबास लगाउने ढंगले काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापित गर्ने काम गरेको भन्दै मेयर बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरिन् । उनले महानगरको सौन्दर्य नबिग्रने गरी सडक व्यापार गर्न दिनेगरी तत्काल निर्णय लिन पनि काठमाडौं महानगरपालिकासँग आग्रह गरिन् ।
सांसद कोईरालाले भनिन् ‘म महानगरपालिका, बालेन साह, योङ एनर्जेटिक व्यक्तित्व हुनुहुन्छ । उहाँले राम्रो काम गर्न खोज्नुभएको छ । तर उहाँको वरिपरि को छ, यहाँ यस्तो भइराखेको छ । यसरी दुःख दिनुहुँदैन गरिखानेहरूलाई भनेर सुझाव दिने मान्छेहरू छैनन् कि क्या हो ? भनेर मलाई पिर भएको छ । काठमाडौंमा ठूला सहरहरू छन् । म चाहन्छु–सडकका पेटीहरू पनि अव्यवस्थित हुनु हुँदैन । बिक्री हुने ठाउँलाई ख्याल गरेर उनीहरूको व्यवस्थापन गर्नुपर्छ । व्यापारीहरूलाई पनि सजिलो हुने र महानगरको सौन्दर्य पनि नबिग्रने गरी उनीहरूलाई सडक व्यापार गर्न दिनुपर्छ । त्यतातिर ध्यान दिनुपर्छ महानगरपालिका पनि ।’
सांसद कोईरालाले व्यापार हुने ठाउँमा सडक व्यापारीहरूको व्यवस्थापन गर्न उचित हुने धारणा समेत राखिन् ।
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.