काठमाडाैं । नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानबारे विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोस्राे दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकमा नेतृत्व चयनका प्रक्रिया साथै अन्य पार्टी भित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राखेको प्रवक्ता सापकोटाले बताउनुभयाे । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरुको कुरा सुनेर विधानलाई अन्तिम रुप दिने बताउनुभयो ।
बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगायतलाई त्यस अनुरुप लैजादै अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । माओवादीले केन्द्रीय कमिटी माघ २८ र २९ गते र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ ।
Trending Now
- Making It Big: 6 Game-Changing Lessons from Binod Chaudhary’s Success Journey
- The Revolt of Rejection, A Poem by Rajendra Ojha (Nayan)
- “Searchlight” and “Rhododendron Cafe,” Two Poems by Shaswata Gangopadhyay in translation from Bengali by Rajdeep Mukherjee
- Three New Poems by Eva Lianou Petropoulou of Greece
- Three New Poems by Jasna Gugić from Croatia
- Wish to Be a Fish, A Poem by Rachana Sunar
- Wings of Knowledge, A Poem by Anila Bukhari
- Three New Poems by Eileen Moynihan
- Mannequin and Her Apparel, A Poem Composed by Bishwa Sigdel, translated from Nepali by Anjila Bista
- Three New Poems by Eva Petropoulou Lianou
Comments are closed.