काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीको सशस्त्र द्वन्द्व विश्वको ऐतिहासिक महान् जनयुद्ध भएको र रहिरहने बताउनुभएको छ ।
माओवादी केन्द्रको विधान अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै दाहालले माओवादीले सशस्त्र द्वन्द्व गर्छ भन्ने कुरा नपत्याएकै अवस्थामा सशस्त्र युद्ध सुरु गरेको बताउनुभयो । ‘माओवादीले गहिरो अध्ययन गरेर नै जनयुद्धको तयारी गरेको थियो’, उहाँले भन्नुभयो ।
अहिले माओवादी र माओवादी नेतृत्वलाई हेप्ने र अपमान गर्ने काम भएको भन्दै प्रचण्डले गुनासो गर्नुभयो । माओवादीकै कमजोरीको कारण पनि त्यस्तो भएको हुनसक्ने उहाँ टिप्पणी गर्नुभयो ।
त्यसैले माओवादी एक पटक फेरी एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको दाहालले बताउनुभयो । ‘यो महान् उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन, तर त्यो दुससहास भएको हामीले देखिरहेका छौँ’, उहाँले भन्नुभयो ।
माओवादी क्रान्ति र क्रान्तिको उपलब्धिलाई अपमानित गर्ने काम भएको भन्दै सबैलाई एकताबद्ध भएर क्रान्ति अघि बढाउन उहाँले अपिल गर्नुभयो । उहाँले माओवादी युद्धका सहयात्री सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुभयो ।
माओवादीका हतियार बिचमा भुत्ते भएका बताउँदै प्रचण्डले अब हतियार उद्याएर माओवादी अघि बढ्नु पर्ने बताउनुभयो । ती हतियारले मात्र प्रतिक्रान्तिकारीलाई ढाल्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
Comments are closed.