Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सात वर्ष पुरानो बलात्कारको घटनाः प्रहरीमा जाहेरी,तर आरोपी समातिएनन्

Editorial Team by Editorial Team
May 22, 2022
in Feature, Nepal, News, Women
0
सात वर्ष पुरानो बलात्कारको घटनाः प्रहरीमा जाहेरी,तर आरोपी समातिएनन्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं । यौन हिंसाबाट पीडित सुष्मिताको पीडा सार्वजनिक भएसंगै अरू पीडितहरूले आफ्ना पीडाहरू व्यक्त गर्न थालेका छन् ।
शनिबार, सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेको घटना विवरण अनुसार २०७२–०७३ सालतिर विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा पढिरहेका बेला पहिलो बलात्कृत भएको घटना इटहरीकी एक युवतीले खुलासा गरेकी छिन् । आफू १५ वर्षको हुँदा ब्लूमिङ लोटस इङ्लिस स्कुलका तत्कालीन प्रिन्सिपल राज खड्काले पटक–पटक बलात्कार गरेको खुलाएकी छिन् ।

‘होस्टलमा बसेका वेला उनको छातीमा समस्या देखिएको र उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाएका थिए’ उनले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर उसले अस्पताल लैजानुको साटो मलाई होटल लग्यो ।’
बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपलले घरपरिवारको विश्वास जितेको र त्यहि विश्वासको आडमा अस्पताल लैजान्छु भनेर होटलमा लगि ‘स्कूलको पोशाक च्यातेर बलात्कार’ गरेको बयान पिडितको छ ।

‘उनको वयान” म त्यतिवेला १५ वर्षकी थिएँ ।’
उसले मलाई केही खान भन्यो, मैले मानिन । ‘उसले मलाई यता आउ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, कोठामा गएपछि ढोका लगाएर जबरजस्ती करणी गरेको हो । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ । ‘एसईई दिउञ्जेलसम्म उसले बाथरूम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै भेटे पनि मलाई बलात्कार ग¥यो ।’
पीडितका अनुसार प्रिन्सिपल खड्काले उनलाई विदाको समयमा पनि घर जान दिएनन् । ‘घर जाँदा पढाइ खस्किन सक्छ, त्यसैले होस्टलमा बस्नु राम्रो हुन्छ भनेर परिवारलाई भन्ने गरेको थियो’्, ‘मेरो बुबाले पनि छोरी राम्रो पढ्दै छ र उसको लागि घर नजानु नै राम्रो भनी उसको कुरामा विश्वास गर्नु भएको थियो ।
आफूले घटनाबारे साथीहरूलाई बताउँदा पनि कसैले पत्याएनन । ‘म बाल्यकालदेखि नै हक्की र बोल्ने स्वभावले सबैले मेरै चरित्रलाई दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । ‘मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भनेकी थिएँ, तर उनले पनि मेरो लागि बोलिनन्, मैले स्कुलमा तीन पटक आत्महत्या गर्ने प्रयास पनि गरेँ, तर सफल भइन ।’
एसईई परीक्षा दिएपछि परिवारलाई हिम्मत जुटाएर यो कुरा भनेपछि पनि न्याय नपाएको उनको गुनासो छ । परिवारलाई भनेपछि इलाका प्रहरी कार्यालय, धरानमा खड्काविरूद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको थियो । तर हालसम्म उनी पक्राउ परेका छैनन् ।
धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले घटनाबारे जानकारीमा आएपछि पुरानो फाइल अध्ययन भइरहेको बताएका छन् । ‘२०७४ सालको घटना रहेछ, आरोपी पक्राउ नपरेपछि फरार प्रतिवादी कायम गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता भएको रहेछ’ अदालतको स्थिति के छ भन्ने खुलिसकेको छैन, ।

विद्यालयका सञ्चालक ईश्वर भट्टराईले चाहिँ प्रिन्सिपल खड्काले २०७४ सालमै विद्यालयबाट राजीनामा दिएको अनलाइनखबरसँग बताएका छन् । ‘इनरूवाको एउटा विद्यालयमा पढाउँदै गर्दा हाम्रो विद्यालयमा आएका थिए । घरायसी कारण भन्दै राजीनामा दिएपछि अर्को प्रिन्सिपल नियुक्त गरेका थियौं’ भट्टराईले भने ।
सिन्धुलीको कमलामाई नगरपालिका– ७, गढ्यौली स्थायी घर भएका खड्का २०७२ सालदेखि दुई वर्ष स्कुलमा काम गरेका थिए । पीडितले चाहिँ बलात्कार आरोपी खड्का अहिले काठमाडौंको एक विद्यालयमा प्रिन्सिपलकै रूपमा काम गरिरहेको उल्लेख गरेकी छन् ।
‘अन्तिममा मैले न्याय पाउने आशा गुमाएको थिएँ, प्रहरीलाई फलोअप गर्न पनि छाडेको थिएँ’ उनले भनेकी छन्, ‘जब सामाजिक सञ्जालमा न्यायका लागि हल्ला गरेको सुन्छु, मलाई त्यो घटनाले बारम्बार आघात गर्छ र मेरो विगत सम्झेर रातभर रून्छु ।’
उनले भनिन, न्याय पाउने आशा लिएर सात वर्षसम्म आफूसँगै रहेको घटना सार्वजनिक गरेकी हुँ ।

Advertisement Banner
Previous Post

कवि केशरीको जन्मजयन्तीमा विविध पुरस्कार तथा सम्मान घोषणा

Next Post

Researchers developed invisible, machine-washable solar cell technology for clothing

Editorial Team

Editorial Team

Next Post
Researchers developed invisible, machine-washable solar cell technology for clothing

Researchers developed invisible, machine-washable solar cell technology for clothing

Recommended

European Leaders Welcome Step Forward in Peace Talks

European Leaders Welcome Step Forward in Peace Talks

5 months ago
Australia emerges as leading market for Nepal’s beaten rice

Australia emerges as leading market for Nepal’s beaten rice

4 months ago

Don't Miss

Cooperation essential for national prosperity: Nepali Congress President Gagan Thapa

Put national interest above party lines, work together for people’s welfare: Nepali Congress President Gagan Thapa

April 15, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Govt budget deficit reaches Rs 152 billion in first 9 months of fiscal year

April 15, 2026
Nationwide Economic Census set to start today

Nationwide Economic Census set to start today

April 15, 2026
Nepal Cabinet meeting decides to implement inquiry commission’s report

PM Balen Shah to hold discussions with PR MPs today

April 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.