कुमारी बैंंकको अध्यक्षमा राणा पुनर्नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणा पुनर्नियुक्त भएका छन् ।कुमारी बैंकको फागुन ०१ गते बसेको नयाँ सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्षको रुपमा कार्यरत रहेका राणालाई बैंकको अध्यक्षमा पुर्ननियुक्त गरेको हो ।यस मितिदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Comments are closed.