काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको टिप्पणी गरेका छन् ।
बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो टिप्पणी गरेका हुन् ।उनले योग्यजतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिको ‘सर्टलिष्ट’ बनाएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरूलाई त्रिविको उपकुलपति बनाउन लागेको बताए ।दलीय आधारमा उपकुलपति हुँदैनन् भन्ने प्रधानमन्त्रीले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरूलाई त्रिवि उपकुलपतिमा सर्टिङ गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।
Comments are closed.