माओवादी केन्द्रमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुने, तत्काल पार्टीको नाम नफेरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचन प्रणालीबाटै केन्द्रीय सदस्यहरू चुन्ने भएको छ ।
पार्टीको जारी विधान सम्मेलनमा भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नै केन्द्रीय कमिटी र कमिटीहरू चयन हुने बताउनुभयो ।
माओवादीमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । केन्द्रीय समितिको एक तिहाइ स्थायी समिति हुनेछ । ११ जनाको कार्यालय बनाउने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
त्यस्तै तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेरिने पनि उहाँले बैठकमा स्पष्ट पार्नुभयो । दाहालले पार्टीको नाम र चिह्न तत्काल नफेरिने, आवश्यक परे पछि निर्णय लिने बताउनुभयो । माओवादी विचार मिल्ने शक्तिसँग एकताको लागि नाम फेर्नु पर्ने अवस्था आए त्यो फेर्न सकिने दाहालको भनाइ थियो ।

Comments are closed.