‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न

सुनसरी । प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिएको छ ।सुनसरीको धरानमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सवमा उनीहरु दुवैलाई जनही १÷१ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङल भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Comments are closed.