इटहरीमा भएको आगलागीमा परि एक महिलाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा भएको आगलागीमा परि एक महिलाको ज्यान गएको छ ।

आइतबार बिहान इटहरी स्थित बीपी चोकमा रहेको विष्णु खड्काको घरमा मध्य राति भएको आगलागीमा परि ५२ वर्षीया गोपीमाया कटुवालको ज्यान गएको हो ।

कटुवाल छोरा बुहारीसँग डेरामा बस्दै आउनुभएको थियो । छोरा बुहारी सुतेको कोठामा ताला लगाएर कटुवालले आफूलाई आगो लगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments are closed.