आगामी आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकतामाथि एमालेमा छलफल

काठमाडाैं । नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८१-०८२ काे बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरेकाे छ ।

सरकारले संघीय संसद्‍मा पेस गरेकाे विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथि एमालेले आइतबार छलफल गरेकाे हाे । छलफलमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, पार्टीका सांसद् र पूर्व अर्थमन्त्री तथा विज्ञहरुकाे सहभागिता छ । छलफल जारी छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १४ गते संघीय संसद्‍का दुवै सदनमा आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्नुभएकाे थियाे ।

Comments are closed.