प्रधानमन्त्रीद्वारा ओली र देउवासँग छुट्टाछुट्टै छलफल, टीआरसी मुख्य एजेण्डा

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्नुभएकाे छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग आज छुट्टाछुट्टै छलफल गर्नुभएकाे हाे ।

दुवै नेतासँगकाे छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

एमालेले पीडितलाई केन्द्रमा राखेर मात्र टीआरसी विधेयक पारित गर्नुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने  स्पष्ट अडान लिँदै आएकाे छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक हाल प्रतिनिधि सभाकाे कानुन, न्याय तथमा मानव अधिकार समितिमा विचाराधीन छ । साे विधेयक यसै अधिवेशनबाट पारित गर्ने तयारी छ ।

साे विधेयक अघि बढाउन समितिकाे बैठक अहिले बसिरहेकाे छ ।

Comments are closed.