एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेकाे हाे । एकीकृत समाजवादीले नेकपा एमाले र माओवादी केन्द्रले बनाएकाे नयाँ गठबन्धनमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाइएकाे हाे ।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आजकाे बैठकले यस विषयमा ठाेस निर्णय लिनेछ ।

मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपालकाे निवास पुग्नुभएकाे थियाे । त्यसक्रममा उहाँहरुले नेपाललाई नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव राख्नुभएकाे थियाे । त्यस प्रस्तावप्रति नेपाल सकारात्मक रहेकाे बताइएकाे छ ।

Comments are closed.