ओली-दाहाललाई नेपालको जवाफ : वाम एकता नभए सरकारमा जाँदैनौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् ।

एकीकृत समाजवादीलाई पनि नयाँ सरकारमा सहभागी गराउने पहलस्वरुप एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए ।

कुराकानीका क्रममा नेपालले वाम एकताको माग गरेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।

आफ्नो निवास आएका प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीसँगको कुराकानीमा उनले वाम एकता नभए आफ्नो पार्टी सरकारमा नजाने अडान लिएका हुन् ।

Comments are closed.