९ दिने भ्रमणका लागि परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आजदेखि चीन भ्रमणमा लाग्नुहुने भएकाे छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उपप्रधानमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएकाे हाे ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा कुराकानी हुनेछ ।

भ्रमणका क्रममा उहाँले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण पूरा गरी चैत १९ गते स्वदेश फर्कनुहुनेछ ।

Comments are closed.