काठमाडौँ । सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ गतेदेखि ८ गतेसम्म आयोजना हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थली स्थित रामेछाप नगरपालिकामा महोत्सव आयोजना हुन लागेको हो ।
प्रत्येक वर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गरिनेछ । नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि महोत्सवमा आयोजना हुने आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । महोत्सवमा करिब २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरुसँंग गाउँले दर्शकहरूले अन्तरक्रिया पनि गर्नेछन् । रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरूलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने निर्देशक मगरले बताए ।
महोत्सवमा करिब ३ हजारबढी दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकले लिएको छ ।
Trending Now
- ‘गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कार’ जेठ १९ मा हुँदै
- डीपी ढकालको ‘समाजवादी क्रान्तिको दुई चरण’ पुस्तक सार्वजनिक
- विराट वाङमय उत्सव हुँदै
- काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
- रातो मच्छिन्द्रनाथकाे रथारोहण
- आज अक्षय तृतीया:धार्मिक-साँस्कृतिक परम्परा
- रविलाई संसद्मा बोल्न दिने कांग्रेसको निर्णय
- कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
- प्रहरीले बुझ्यो सूर्यदर्शन सहकारीको प्रतिवेदन, रवि लामिछानेले एक करोड लगेको निष्कर्ष !
- सङ्घीय संसद्अन्तर्गत बजेट अधिवेशन आजदेखि
Comments are closed.