Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Nepali

कविता: तिम्रो मात्र होइन हाम्रो पनि हो गणतन्त्र

Editorial Team by Editorial Team
May 29, 2022
in Nepali, Poetry
0
कविता: तिम्रो मात्र होइन हाम्रो पनि हो गणतन्त्र
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नछाँट अतिरञ्जनाका भाषणहरू
नदेखाऊ अतिशयोक्तिको शक्ति र आसन
कोरा सपना बाँडेर
नसताऊ
दीनहिन जनका मन र मस्तिष्क

ननाघून् कसैले विधानको परिधि
नतेर्‍स्याउन उन्नतिमा बाधाको तगारो
नवनुन् कोही गणतन्त्रमा भ्रष्ट र तस्कर
सच्चा गणतन्त्र त न्याय हो
समानताको अध्याय हो ।

पानीमुनिको ओभानो
शासन होइन
दौलत सञ्चयको होड पनि होइन
नेताको पेवा पनि होइन
शासक मालिक र जनता दास हुने
खुट्किलो होइन गणतन्त्र

गणतन्त्र रङ्गीन लुगा फेरे जस्तो
फेसनेवल बुटिकशाला होइन
विधि हो
पद्धति हो
संस्कार र संस्कृति हो
असुरक्षा होइन सुरक्षा हो
गणतन्त्र तिम्रो मात्र होइन – हाम्रो पनि हो
गणतन्त्र जनताको बलिदानीबाट प्राप्त विरासत हो
सिमित अभीष्ट देख्नेको बपौती होइन ।

गणतन्त्र दिवसको शुभकामना !
ऋषभदेव घिमिरे

काठमाडौ

ghimirerd@gmail.com

Advertisement Banner
Previous Post

कविताः तिमी फर्की आऊ

Next Post

Plane with 22 aboard goes missing in Nepal

Editorial Team

Editorial Team

Next Post
Plane with 22 aboard goes missing in Nepal

Plane with 22 aboard goes missing in Nepal

Recommended

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

4 years ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Approves $200 Million to Improve Water, Food Security in North Central Sri Lanka

5 months ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.