रामेछाप । नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशन आगामी बैशाखको २६, २७ र २८ गते हुने भएको छ ।
पार्टीको बिहीबार मन्थलीमा सम्पन्न दशौँ पूर्ण बैठकले सो निर्णय गरेको हो । बैशाख २६ गते मन्थलीको तीनलाल पार्कमा पार्टी अध्यक्ष केपी ओलीलेले अधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
बैशाख १५ गते सबै वडा र आठवटै पालिकामा प्रतिनिधि छनोट हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै बैशाख १७ गते जनवर्गीय संगठन, कार्यालय, विभाग र सल्लाहकार समितिबाट प्रतिनिधि छनोट हुने भएका छन् । बैशाख २० गते भित्र सबै प्रतिनिधिको नामावली जिल्लामा आइसक्नु पर्ने निर्णय भएको छ ।
बैठकमा पार्टी जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले चैत मसान्तसम्म रामेछाप जिल्लामा ९ हजार ३३ जना पार्टी सदस्य रहेका जानकारी दिनुभयो । स्थानान्तरण भएर आउने केही सदस्यको अभिलेख तयार गर्ने बाँकी रहेको उहाँले बताउनुभयो ।
६४ वडालाई आधार मानेर हरेक वडाबाट एक महिला सहित कम्तीमा तीन जना प्रतिनिधि अनिवार्य रहेको उहाँले बताउनुभयो । त्यस बाहेक संगठित सदस्यको आधारमा थप २५ सदस्य बराबर एक जना र शेषमा ५० प्रतिशत बढीमा एक जना प्रतिनिधि निर्वाचित भएर आउने उहाँले जानकारी दिनुभयो ।
अधिवेशनका लागि करिब ३ सय ३० प्रतिनिधि भूगोलबाट निर्वाचित भएर आउने उहाँले बताउनुभयो । उत्पीडित मुक्ति समाजलाई पालिकालाई निर्वाचन क्षेत्र मानी कम्तीमा २० सदस्य बराबर एक जना गर्दा आठवटा पालिकाबाट ४० जना प्रतिनिधि आउने उहाँले जानकारी दिनुभयो ।
अनुसूची एक अन्तर्गतका जनसंगठनबाट तीन जना, अनुसूची दुई अन्तर्गतका जनसंगठनबाट दुई जनाका दरले प्रतिनिधि छानिने उहाँले बताउनुभयो । त्यस्तै विभाग, कार्यालय र सल्लाहकारबाट पनि प्रतिनिधि छनोट हुने उहाँले जानकारी दिनुभयो । पाँच प्रतिशत प्रतिनिधि भने मनोनीत गरिने भएको छ । अधिवेशनकाे लागि विभिन्न समिति बनाइ जिम्मेवारी दिइएकाे छ ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्य गीता कार्की, वाग्मती प्रदेश कमिटी सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.