इजरायलले आईतबार दक्षिणी गाजाबाट सबै जमिन सेना फिर्ता गर्‍यो

एजेन्सी । इजरायलले आईतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्रहरू स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ ।
इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ । सेनाको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ ।

Comments are closed.