लघु कथा: प्रजातन्त्र

 ग्रामीण क्षेत्र  अब्बल दर्जाको रुपमा पर्यटकीय गन्तव्य  मानिन्छ । सामाजिक वातावरणमा हुर्केका राजाराम राजनीतिमा प्रवेश गरेका केही समयमा नै देशको राजनीतिले उनको जीवन नै उथलपुथल बनायो । 

  लोकतंत्रमा शहीद परिवारको ठूलो सम्मान हुन्छ । जब चुनाव हुंदै थियो  राजाराम राजनीतिमा वर्णन गरिएको लोकतान्त्रिक आन्दोलनमा होमिएका शहीदको चर्चा परिचर्चा गर्दै हुन्थे ।   

     आज उनीहरूको रेखदेख हुनु पर्ने हो । सरकारमा बस्नेहरु मौन छन् भन्दै चर्चा गरेपनि पटक पटक मुक्ति आन्दोलनमा सहभागी भएका नेताहरुको देखासिखीले आफ्नो मौलिकता नै बिर्सन पुगेका थिए । आज फाल्गुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भएको दिन । राजारामले अहिलेसम्म पाँच पटक चुनाव जितेर गए । जतिबेला उनी सामान्य रूपले जनताको बारेमा तनमनले लागिपरेका थिए परन्तु सनय बित्दै गयो । अहिले देशघाती देशद्रोही बन्न पुगेका छन् भन्ने सुनिन्छ ।

   त्यो ग्रामीण बस्तीलाई चुनावको बेला मात्र सम्झिन्थ्यो । गाउँका युवा पलायन भएका थिए । सुनसान  थियो । बुढापाका अझैं प्रकट गर्दै भन्थेँ हाम्रा नेताहरुलाई सम्मान गर्नुपर्छ । शिक्षित जनशक्तिहरुले उनीहरूको राजनैतिक प्रजातन्त्रको नौटंकी देखी भोगी सकेका थिए ।

    शायद अर्को चुनावमा आर्थिक अनियमिता गरेरपनि चुनाव जितेर आउन कठीन थियो

 अहिले गणतन्त्रको संचालन युवापुस्ताको लागि अपरिहार्य रहेको देखियो ।

पुराना दस्तावेजहरु र नेताहरुको भन्डाफोर गर्दै समाजमा बुलन्द आवाज निस्कदै थियो ।

       राजारामले राजनीतिको नाममा जे जे गरेका थिए । पत्रकारले एकएक पोल खोल्दै थिए । लाचार राजाराम हातमा नेलको सिक्री लिएर जेल जाँदै गरेको दृश्य देखिँदा सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट भरिएका थिए ।

शहीदको आत्माले बल्ल मुक्तिको संदेश प्राप्त गरेको महसुस गरिन्थ्यो ।

   मनमा यस्तै कुरा सृजित हुँदा कतै यहीं परिणति आजका नेताले भोग्ने त होइनन् जस्तो लाग्थ्यो ।

 यही नै लोक तन्त्र भनूँ या गणतन्त्रको मूल्य मान्यताको आदर्श समाजको गरिमा थियो ।

जब नाराहरु यसरी व्यक्त गरिएका थिए ।

हाम्रो देश  शान्त परिवेश !!

जय स्वाभिमान   हाम्रो अभियान !!

वीर शहीद अमर रहुन् ।।

हाम्रो गणतन्त्र  हाम्रो मुल मन्त्र

आदि नाराले ग्रामीण बस्ती गुञ्जायमान भएको थियो ।

 

मोहन आचार्य ‘जदल’

लण्डन

 

 

 

[email protected]

Comments are closed.