Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

विश्व नेपाली साहित्य महासंघद्वारा साहित्यदूत घोषणा

Editorial Team by Editorial Team
June 2, 2022
in Feature, Nepal
0
विश्व नेपाली साहित्य महासंघद्वारा साहित्यदूत घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

धरान । विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय समितिले आठजना साहित्यदूत घोषणा गरेको छ ।
विश्वका १० उच्च हिमालहरूमध्ये आठवटा नेपालमा छन् । तिनै हिमालका नाममा महासङ्घले साहित्यदूतको सम्मान प्रदान गर्ने गरेको छ । महासङ्घले साहित्यदूत सम्मान (सगरमाथा) पूर्वराजदूत भीम उदास, साहित्यदूत सम्मान (कञ्चनजङ्घा) भारतको त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. डा गङ्गाप्रसाद प्रसाईं, साहित्यदूत सम्मान (ल्होत्से) भारतको काशी हिन्दू विश्वविद्यालयका प्रा. डा दिवाकर प्रधान, साहित्यदूत सम्मान (मकालु) सहप्राध्यापक डा ज्ञानु अधिकारी, साहित्यदूत सम्मान (चोयु) हङकङकी दीपा एवाई राई, साहित्यदूत सम्मान (धौलागिरी) म्यान्मा, साहित्यदूत सम्मान (मनास्लु) अमेरिकाका कर्ण गुरुङ र साहित्यदूत सम्मान (अन्नपूर्ण) बेलायतका डा मुलीवीर राईलाई घोषणा गरेको छ ।
महासङ्घले नेपाली भाषा–साहित्यको क्षेत्रमा अमूल्य योगदान गर्नुहुने आठजनालाई प्रत्येक तीन वर्षमा साहित्यदूत सम्मानका साथै उत्कृष्ट शाखा र सक्रिय सदस्य घोषणा गर्ने गरेको महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जनाए । महासङ्घको शनिबार बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । बैठकले भारत शाखालाई उत्कृष्ट शाखा र साहित्यिक सक्रियताका आधारमा दक्षिण बेलायत शाखाका सचिव अमित थेबेलाई सक्रिय सदस्य घोषणा गरेको अध्यक्ष लिम्बूले बताए ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेको संयोजकत्वमा उपाध्यक्ष डेन्जोम साम्पाङ र महासचिव सुनिता राई कन्दङ्वा रहेको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । समितिले प्रस्तुत गरेको प्रस्तावका आधारमा महासङ्घले निर्णय गरेको बताइएको छ । महासङ्घको कार्यकाल सकिन लागेको हुँदा बैठकले आगामी समिति कस्तो बनाउने भन्ने सम्बन्धमा गृहकार्य गर्न वरिष्ठ उपाध्यक्ष काफ्लेको संयोजकत्वमा सल्लाहकार प्रा. डा भीम खतिवडा, डा मधु माधुर्य, उपाध्यक्ष साम्पाङ, महासचिव कन्दङ्वा र सचिव डा मनमुर्ती भुर्तेल सम्मिलित छ सदस्यीय परामर्श समिति गठन गरेको छ ।

 

Advertisement Banner
Previous Post

Nepal Govt slashed prices of petrol, diesel and kerosene by Rs 10 per litre

Next Post

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

Recommended

Nepal Ambassador to Germany visited the six U-Bahn locations of Berlin to observe the outdoor publicity campaign banners for Nepal tourism promotion

Nepal Ambassador to Germany visited the six U-Bahn locations of Berlin to observe the outdoor publicity campaign banners for Nepal tourism promotion

4 years ago
बहुभाषिक नाट्य उत्सव’ शुरु

बहुभाषिक नाट्य उत्सव’ शुरु

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.