जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक

काठमाडौँ । सञ्चारकर्मी आस्था केसीकाे जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएकाे छ। शनिवार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा आयाेजित एक कार्यक्रममा  प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साे पुस्तक सार्वजनिक गरेका हुन्।

१५ वर्षकाे उमेरमा माओवादी जनयुद्धमा हाेमिएकी  केसीले जनयुद्धकाे समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर पुस्तकाकारमा प्रकाशन गरेकी हुन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्। साेही समयमा सहकर्मी याेद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।
जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दाेलनका आयाम, प्रेमकाे रंगीन अनुभूति, युद्धमाेर्चाका आराेह अवराेह, कार्यक्षेत्रकाे  अनुभूति, आत्मीय मन, जसकाे प्रेरणाले कठिन बाटाेमा सहज बनायाे र बाल्यकालका दाैंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन  जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएकाे छ।

पुस्तक इन्डिगाे इन्कले प्रकाशन गरेकाे हाे। केसीकाे यस अगाडि उज्यालाेकाे खाेजी गजल संग्रह प्रकाशित भएको थियो।

Comments are closed.