‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेताले नगद १० लाख पाउने

काठमाडौँ : दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ।

शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच यसबारे जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा यसको दोस्रो संस्करण दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ।

पहिलो सिजनको प्रतिस्पर्धामा भाइबर साइमनले उपाधि हात पारेका थिए भने जेनिस क्षेत्री उपविजेता भएका थिए।

यो संस्करणका विजेताले नगद १० लाख रुपैयाँ पुरस्कारसहित विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्। उपविजेताले नगद ५ लाख रुपैयाँका साथै विदेशमा प्रस्तुतिको अवसर पाउनेछन्।

अडिशन डिजिटल तथा फिजिकल दुवै माध्यमबाट लिइने बताइएको छ।

३२ एपिसोडसम्म प्रशारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका छन्। यो रियालिटी शोका निर्देशक निकेश खड्का रहेका छन्।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले र गिरीश खतिवडाको साथमा महेश तामाङ दोङ रहेका छन्।

 

Comments are closed.