सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्ने

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने तय भएको हो ।हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ । सरकारले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन् ।

 

Comments are closed.