काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यही जेठ १५ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ सुरु भएको छ।
प्रतिष्ठानले ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गर्ने गरि देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागी हुन २०८० माघ १२ गते सूचना जारी गरेको थियो ।
त्यस अन्तर्गत प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएको छ।
२०८० सालको प्रादेशिक ललितकला प्रदर्शनीका सहभागी र अप्रतियोगी कलाकारहरुका कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४८२ जना कलाकारका ५२२ वटा कलाकृति समावेश गरिएको छ ।
प्रदर्शनी जेठ ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ।
Trending Now
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
- देशभक्त र वामपन्थी शक्तिहरु एकठाउँमा केन्द्रित हुने दिन अब टाढा छैन: प्रचण्ड
- Former Chief Secretary Baikuntha Aryal’s resignation accepted
- poet Anjan’s ‘Ekal Anjan Saanjh’ was organized
- दायित्व वाङ्मय प्रतिष्ठानद्वारा चार स्रष्टा पुरस्कृत र पाँच पुस्तक सार्वजनिक
Comments are closed.