काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरुले आन्दोलनलाई जारी राखेका छन् । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए । उनका अनुसार किसानले अझै ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ ।किसानहरुले बुधबार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Trending Now
- Players to earn Rs 7.5 lakh per game in IPL 2025: BCCI secretary Jay Shah
- Anil Kapoor Shines at IIFA 2024, Wins Best Supporting Actor for Animal
- India to build 12 high-impact Nepal projects
- SpaceX crew blasts off to bring back stranded astronauts after Hurricane delay
- IDF Kills Senior Hezbollah Commander Nabil Qaouk in Beirut Airstrike
- Water levels in rivers across Nepal exceed danger mark
- Domestic flights, which had been disrupted for three days, are now back to regular operations
- Death toll from floods and landslides reaches 148
- Korean startup Dtonic, winner of the first edition of South Summit Korea 2024
- Nepal Prime Minister K.P. Sharma Oli addressed a public event Harvard Kennedy School on “Nepal’s Perspective: From Transitional Justice to Climate Justice.”
Comments are closed.