नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडाैंमा

 

काठमाडाैं । नेपाल-चीन (सचिवस्तरीय) कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडाैंमा बसेकाे छ ।

मंगलबारदेखि काठमाडाैंमा सुरु भएकाे बैठकमा दुई देशबीचकाे सम्बन्ध, आपसी हित, द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकाे छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री सुन बेइदाेङले गर्नुभएकाे छ ।

 

Comments are closed.