विराटनगर– मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ। बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ।
सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले ४ जना महिलालाई बगाएको हो। यसरी बगाउनेहरूमा सुन्दरहरैचा – ५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही स्थानकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरी रहेका छन्।
बाढीले बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका छन्। प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको छ। असरादेवी, फुला चौधरी बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच विद्यालय जाँदै गरेका मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको छ। बिहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए। बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।
याङ्शीलाबाट स्कुल पुग्न करिब १ घण्टा लाग्छ। विद्यालय जाँदै गरेका ५(६ जना बालबालिका एकैपटक बाढी आएको खोलामा छिरेका थिए। एक जनालाई बाढीले बगाएको थियो भने अरू विद्यार्थी बाहिर निस्किएका थिए।
Trending Now
- Nepal launches new plan to boost critically endangered Bengal florican
- EU further extends the scope of sanctions on Belarus to fight circumvention
- The EU and Egypt team up to mobilise private sector investments at Investment Conference and sign a Memorandum of Understanding underpinning €1 billion in macro-financial assistance for Egypt
- EU notifies exit from Energy Charter Treaty and puts an end to intra-EU arbitration proceedings
- EU adopts 14th package of sanctions against Russia for its continued illegal war against Ukraine, strengthening enforcement and anti-circumvention measures
- “Prof. Bhola Thapa, Kathmandu University VC, delivered an inspiring address at JIS University’s 4th convocation in Kolkata
- France: Voting Begins In First Stage Of Two-Round Legislative Elections
- साहित्यपोस्ट उत्तम पुरस्कार’ देवव्रत, खड्का र पौड्याललाई
- 28 defendants acquitted in Panama Papers case
- Rupatal ! which feeds fish worth 50 lakhs annually to guest birds
Comments are closed.