काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका दुई राजदूत छान्न खुला आह्वानमार्फत् सात जनाको नाम प्रारम्भिक सूची तय गरेको छ ।रास्वपाले राजदूतहरूको सिफारिसका लागि सम्भावित नाम सुझाउन अनलाइन फारम र इमेलमार्फत् आह्वान गरेकामा २४० जनाको आवेदन परेको थियो । पार्टीको अन्तर्राष्ट्रिय विभागले तीमध्येबाट सात जनाको सूची तयार पारेर सभापति रवि लामिछानेलाई बुझाएको हो । सूचीमा परेका सात जनाको नाम भने सार्वजनिक गरिएको छैन । सभापति लामिछानेले सूचीमा रहेका व्यक्तित्वहरूसँग आवश्यक छलफल गरी दुई जनाको नाम तय गर्न पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिनु भएको खनालले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेबाट पाँच, अशोक राई नेतृत्वको जसपाबाट दुई र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन् ।
Trending Now
- Not only humans, but also ants do the operation
- ५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी
- ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु’ चिर्कटो लेखेर इटहरीका प्राध्यापक डा. राम्जी तिम्सिना बेपत्ता
- नयाँ सत्ता समीकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास
- गोविन्द सुनारको ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक
- Four Chinese citizens are suspected to have died after the attack in Congo
- 25 people drown in Sudan while fleeing fighting
- एकीकृत समाजवादीको महाधिवेशन आज समापन हुँदै
- बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयको अपिल
- नयाँ पुस्तालाई देशभित्रै टिकाउनु मुख्य चुनौती: आरजु देउवा
Comments are closed.