काठमाडौँ । काठमाडौं महानगरपालिकाले चार वटा खाने तेलमा पेरोक्साइडको मात्रा धेरै पाइएको भन्दै दुई-दुई लाख रुपैयाँ जरिवाना असुलेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी मापदण्ड विपरीत तेल उत्पादन गरी बिक्री बितरण गरिरहेको पाइएपछि महानगरपालिकाले जरिवाना गरेको हो । बुधबार महानगरपालिकाले १३ वटा ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटामा पेरोक्साइडको मात्रा सरकारले तोकेको भन्दा उच्च रहेको पाइएको थियो । महानगरका अनुसार श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोराङ्को उत्पादनमा सरकारले सोयाविन तेलका लागि अनिवार्य तोकेको गुणस्तर नभई मापदण्डभन्दा धेरै पेरोक्साइड र एसिडको मात्रा पाइएको छ । यसमा २०८० पुस २७ गते उत्पादन भएको ‘पक्वान ब्राण्ड’ को व्याच/लट नं. (एस)–टु को रिफाइन सोयाविन तेल रहेको छ ।
अन्य दुई रिफाइन तेलमा सरकारले तोकेकोभन्दा कम मापदण्ड पाइएको जनाएको छ । २०८० कात्तिक, बीरगञ्जमा उत्पादित अन्नपूर्ण भेजिटेवल प्रोडक्टको ‘अमृत ब्राण्ड’ व्याच/लट नं. ११ को रिफाइन सोयाबिन तेलमा र २०२४ अप्रिलमा विराटनगरमा उत्पादित क्वालिटी आयल रिफाइनरीको ‘क्वालिटी ब्राण्ड’ व्याच/लट नं. ०८ को तेलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ । यस्तै, शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन तेलमा पनि पारोक्साइड मात्रा मापदण्डमा नरहेको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को ‘फेमिली ब्राण्ड’ को आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड मात्रा मापदण्डमा नरहेको पाइएको हो ।यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।
Trending Now
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
- Iran launched nearly 200 missiles on Israel
Comments are closed.