काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताएका छन् ।
ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै उनले सङ्कटको अवस्थामा रहेको अर्थतन्त्रलाई माथि उठाउने र जनतामा रहेको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धतासहितको समझदारीमा एमाले र कांग्रेस पुगेकाले नयाँ गठबन्धनको सरकार बनाउन थालिएको बताए ।
महासचिव पोखरेलले अब बन्ने सरकारले देश र जनताका समस्या समाधानका लागि अन्तिम विकल्प भएको समेत बताए । मुलुकका दुई ठूला दल सम्मिलित सरकार देशका समस्या समाधान गर्न र जनतामा पैदा भएको निराशालाई आशामा परिणत गर्न नसके राष्ट्र नै असफल हुनसक्ने उनको दाबी थियो ।
उनले भने– ‘जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको असन्तुष्टि पैदा भएको बेला त्यसलाई कसरी चिर्न नयाँ सरकार गठन हुन लागेको हो ।’
सो अवसरमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महासचिव पोखरेललाई सञ्चार नीतिको मस्यौदा हस्तान्तरण गरे । प्रचार विभागले डा महेन्द्र विष्टको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले सञ्चार नीति मस्यौदा गरेको हो ।
Trending Now
- KP Sharma Oli, Prime Minister of Nepal, leading a Nepali delegation to the 79th session of the United Nations General Assembly (UNGA), arrived in New York
- The Rainbow Relationship, A Poem by Rachana Sunar
- Chief of the Army Staff General Ashok Raj Sigdel meets with former Chiefs of the Army Staff of the Nepali Army
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
Comments are closed.