काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् ।
साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए ।
‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ,’ उनले भने । आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ ।
कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।
Trending Now
- Fate Unseen, A Poem by Vatsala Radhakeesoon from Mauritius
- एक अधूरी रात हो, One Hindi Poem by Sankha Ranjan Patra
- Five Poems by Luis Cuauhtemoc Berriozabal
- Are you Free? A Poem by Eva Lianou Petropoulou from Greece
- “Gratitude in Darkness,” A Memoir By Dustin Pickering, Serialized In Himalaya Diary, Part 2
- “Homeless Seed,” An Ecofeminist Poem by Dr. Dipak Giri from India
- २०८० को मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’लाई
- तीर्थ अधिकारीको मुक्तकसङ्ग्रह ‘सारवत’ माथि परिचर्चा सम्पन्न
- दीपेन्द्रराज तिम्सिनाको अनुसन्धानात्मक कृति ‘गुमनाम एक इतिहास बिसे नगर्ची’’ प्रकाशित
- बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पश्चिम बंगालले ल्याउने
Comments are closed.