काठमाडौं । काठमाडौं न्युरोड क्षेत्रको फुटपाथ विस्तार काममा स्थानीयले पुनः अवरोध गरेका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो ।
Trending Now
- कथादिवस सम्पन्न, रत्न कोजुलाई मैनाली कथा सम्मान र डा. राजेन्द्र विमललाई भानु तुलसी सम्मान
- Israeli forces kill 15 Palestinian doctors: UN
- सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’को लोकार्पण
- Nepal to send aid to Myanmar earthquake victims
- आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने
- रहेनन् सांसद दीपक बोहरा
- सुरभिकाे १७१ औं आख्यान वाचन सम्पन्न
- नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने
- नेपाल-म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्पपीडितलाई राहत उपलब्ध गराउने
- हिमालय एअरलाइन्स्को ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु
Comments are closed.