पशुपति कोटीहोम: प्रसिद्ध भागवत वाचिका देवी प्रतिभाको आज अन्तिम प्रवचन

काठमाडाैं । काठमाडाैंकाे पशुपतिनाथ क्षेत्रमा श्रावण एक गतेबाट सुरु भएको ऐतिहासिक ‘श्री पशुपति कोटीहोम एवं १०८ श्रीमदभागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको आज अन्तिम प्रवचन रहेको छ ।प्रसिद्द कथा वाचिका देवी प्रतिभा ले श्रावण एक गतेबाट कोटिहोममा प्रवचन दिइहरनुभएको थियो । उहाँको अन्तिम प्रवचन आज दिउँसाे दुई बजेबाट साँझ सात बजेसम्म हुनेछ ।

२३ वर्षिय देवी प्रतिभा नेपाली हुनुहुन्छ । उहाँकाे नाम प्रतिभा पराजुली हाे । नेपालकाे काभ्रेमा जन्मनुभएकाे उहाँले नेपाल तथा भारतका विभिन्न ठाउँ बनारस, अयाेध्या जस्ता ठाउँमा ज्ञान आर्जन गर्नुभएकाे छ । उहाँ भारत, नेपालमा मात्र नभएर विश्वभर नै प्रख्यात कथा वाचिका हुनुहुन्छ । वहाँले विविध ठाउँमा सयौं भागवत तथा कथा वाचन गरिसक्नु भएको छ। देवी प्रतिभा कथा वाचनमा प्रविण तथा प्रख्यात हुनुहुन्छ।

अभिभावनक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास,बास, कपास, स्वास्थ्य र शिक्षा प्रदा गर्दै आइरहेको मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलायृ निःशुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्यष्ठ नगरिक आश्रम, भक्तपुरको भवनआदी निर्माण सहयोगार्थ आयोजित कोटिहोम श्रावण महिना भर पशुपतिनाथ परिसरमा लाग्नेछ ।

विभिन्न प्रख्यात वक्ता रहेको कोटिहोममा प्रसिद्ध कथा वाचिका राधिका दासीको कथा प्रवचन सकिसकेको छ । आज देवी प्रतिभाको प्रवचनकाे पनि अन्तिम दिन हुने छ ।

साथै बाचतन प्रवीण पण्डित दीनवन्धु पोखरेलज्यूको श्रावण १४ गते सम्म रहने र डा. कान्ता भट्टराई र श्री राम कथा वाचिका देवी चन्द्रकला सखीज्युको २४ गते सम्म प्रवचन रहने छ ।

Comments are closed.