काठमाडौँ ,गत आर्थिक वर्ष २०८०\८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।गत आवमा स्मार्टफोन आयातमा मात्र २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।
स्मार्टफोनको आयात सरकारले पाँच अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आवमा एक अर्ब ४२ करोड ९० लाख ८५ हजार रुपैयाँ बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् ।त्यस्तै, हेडफोन आयातमा मात्र ६५ करोड ९३ लाख २८ हजार रुपैयाँ विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले २१ करोड नौ लाख २३ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।गत आवमा मोबाइल ५० करोड ७१ लाख ६३ हजार रुपैयाँ बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र १५ करोड ५७ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत आवमा ३५ करोड ५१ लाख ४८ हजार रुपैयाँ बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।
Trending Now
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
- Taliban Suspends Polio Vaccination Campaigns in Afghanistan: UN
- Bangladesh approves decision to import 40 MW of electricity from Nepal
- Prime Minister KP Sharma Oli informed the House of Representatives about his participation in the upcoming 79th General Assembly of the United Nations
Comments are closed.