अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली नागरिकको गोली हानी हत्या भएको छ ।नेपाल रुकुमको बाँकेकोट–१० घर भएका दीपक वलीको लुटेराको समूहले आइतबार टेक्ससमा गोली हानेर हत्या गरेको हो ।
३० वर्षीय वली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत थिए । लुटेराहरूले ग्याँस स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

Comments are closed.