काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् ।आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन् ।एमालेले आज सचिवालय बैठक बोलाएको छ। तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ। उनले लेखेका छन्,
‘शुभ बिहानी ।
सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु।
आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला।
Trending Now
- China accuses three US spies of cyberattack on winter sports
- China bans Boeing jet deliveries and similar purchases
- सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए
- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु
- अयोध्याको राम मन्दिरमा बम विस्फोट गराउने धम्की, सुरक्षा व्यवस्था कडा
- Punjab Kings achieve record win in Indian Premier League cricket
- वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
- मोतीपुर–बबईको बोटिङ रोक्न आदेश
- प्रहरीको लाठीप्रहारबाट वीरगञ्जमा तीन पत्रकार घाइते
- १० वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित: प्रहरी
Comments are closed.