काठमाडौंको ढल्कुमा ग्याङ फाइट, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ ढल्कुमा बुधबार दुई समूह बिच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । घटनमा अन्य ६ जना घाइते भएका छन् ।
झडपमा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनिल पुजारीको ज्यान गएको प्रहरीले जनाएको छ । झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।

घाइतेहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा पोडेटोलका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।

Comments are closed.