काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ ।बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८३ घर डुबानमा परेका छन् । २ सय ५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय १५ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार १ सय १२ घर परिवार विस्थापित भएका छन् ।साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
Trending Now
- Ncell marks 20th year with ‘Nineteen for Nineteen’ Project and Rs 200 million commitment towards CSR
- Rajendra Mahato announces Rastriya Mukti Kranti Party
- Constitutional Council recommended the senior-most Justice Prakash Man Singh Raut, for the post of the Chief Justice (CJ) of the SC
- New Australian guidelines for dealing with unexplained infertility
- Parliamentary committee urges govt action against Rabi Lamichhane over cooperative fund misuse
- Victorians Gain Access to Cutting-Edge Precision Cancer Therapies Thanks to Landmark $10M Donation
- School building built under “Nepal-India Development Cooperation” inaugurated in Bhaktapur
- Taliban Suspends Polio Vaccination Campaigns in Afghanistan: UN
- Bangladesh approves decision to import 40 MW of electricity from Nepal
- Prime Minister KP Sharma Oli informed the House of Representatives about his participation in the upcoming 79th General Assembly of the United Nations
Comments are closed.