नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ।
यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको थियो । अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए।
अध्यक्षले राखेको धारणाकाका आधारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले मन्तव्य राख्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिए।
समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए।
बैठकमा नेताहरू परशुराम तामाङ, सुरेन्द्र कार्की, गणेशमान पुन, कुलप्रसाद केसी, गणेश साह, देवेन्द्र पौडेल, अमृता थापामगर, चक्रपाणि खनालले पार्टीको कार्यदिशा र भावी रणनीतिका बारेमा विचार व्यक्त गरेका थिए।
पार्टीको आठौँ महाधिवेशनले विचारको संश्लेषण गरेको ठहर गर्दै विगतका सबै काम कारबाहीको पनि थप संश्लेषण गरिने उनको भनाइ छ । बैठक आइतबार बिहान ११ः०० बजे पुनः बस्नेछ ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.