काठमाडौं । मलेसियाको लो कस्ट बजेट एयरलाइन्स एयर एसियाले काठमाडौंबाट बैंकक उडान गर्ने भएको छ।पाँच वर्षपछि काठमाडौंबाट उडान सुरु गर्न लागेको एयर एसियाले साताको ४ दिन (सोमबार, बुधबार, शुक्रबार र आइतबार) बैंककको डन मुइङमा उडान गर्ने भएको हो। उडान अक्टोबर २ देखि सुरु हुनेछ।
एयर एसियाले काठमाडौंदेखि बैंकक उडानको टिकट दर ९ हजार ९९० रुपैयाँ कायम गरेको छ। यो मूल्य प्रोमोसनल अफर अन्तर्गत हो। यो अफर सन् २०२४ अक्टोबर २ देखि सन् २०२५ को मार्च २८ सम्म यात्रा गर्नेका लागि मात्र लागू हुनेछ। त्यसका लागि अगष्ट १२ देखि अगष्ट २५ सम्म टिकट बुक गरिसक्नुपर्नेछ।
बैंकक नेपालीहरु यात्रा गर्ने मुख्य ‘डेस्टिनेसन’मा पर्ने भएकोले यो अफरले उनीहरुलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ।
यो प्रोमोसनल अफर एयरएसिया मुभ एप र एयर एसियाको पार्टनर युनिभर्सल टुर एन्ड ट्राभल्सबाट टिकट बुक गरेर प्राप्त गर्न सकिनेछ। यस्तै, नजिकैको एयर एसिया एजेन्सीमा गएर पनि टिकट बुक गर्न सकिन्छ । यो रुटमा साधारण टिकटको मूल्य हाल करिब २४ हजार रुपैयाँदेखि सुरु हुन्छ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.