काठमाडौं । वाइडबडी विमान खरिदमा भ्रष्टाचार प्रकरणमा नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित चारजना दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरुलाई दोषी ठहर गरेको हो ।दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछाने पनि रहेका छन् । अदालतको फैसला अनुसार सुगतरत्नमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ ।
यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । अदालतले कुल बिगो १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँको दामासाहीका हिसाबले १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिवाना कायम गर्नुका साथै बिगो असुल उपर हुने फैसला समेत गरेको छ ।विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् ।
वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Trending Now
- श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
- CONMEBOL proposes expanding 2030 FIFA World Cup to 64 teams
- ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
- काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
- एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
- शुक्रबारदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव
- रोयल मर्चेन्ट बैंकिङ घोटाला: विशेषको फैसलाविरुद्ध एक वर्षपछि सर्वोच्च पुग्यो अख्तियार
- बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
- दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै
- 13 million people in Ukraine urgently need humanitarian assistance
Comments are closed.