काठमाडौं । नेपाल राष्ट्र बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएको छ ।साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि उजुरी दिएको हो । प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
साइबर अपराध मुद्दामा साइबर ब्यूरोले अनुसन्धान गरिरहेका बेला सीआइबीले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।प्रसाईंका सहयोगी झापाका हरिचन्द्र फुयाँललाई थुनामा राखेर सिआइबीले आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ । फुयाँलले भारतीय नम्बरबाट व्यवसायी तथा राष्ट्र बैंकका कर्मचारीलाई धम्क्याएका थिए ।प्रसाईंकै निर्देशनमा फुयाँलले व्यवसायी तथा राष्ट्र बैंकका अधिकारीलाई फोन गराएर धम्क्याएको प्रहरी अनुसन्धानका क्रममा देखिएको सीआइबी स्रोतले बतायो ।प्रहरीले आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा पनि प्रसाईं र उनका सहयोगीमाथि अनुसन्धान अघि बढाएको छ ।
Trending Now
- President of India, Smt Droupadi Murmu conferred the Honorary Rank of General of the Indian Army on Suprabal Janasewashree General Ashok Raj Sigdel, Chief of the Army Staff, Nepali Army,
- Former Russian President Medvedev Visits China
- कतारको राष्ट्रिय दिवसमा उपराष्ट्रपति यादवको सहभागीता
- कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
- अनेरास्ववियूद्वारा विद्यार्थी नेता धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा
- South Korea’s president said – I will continue to fight until the end
- Barcelona’s thrilling win over Dortmund inspired by Torres
- एचआईभीविरुद्धको खोप बनाए वैज्ञानिकले , ९६ प्रतिशतसम्म प्रभावकारी
- Nepal, ADB sign Rs 21.23 billion support agreement for 2 projects
- रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
Comments are closed.