काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पाँच जना विज्ञ सल्लाहकार समितिको गठन भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अवैतनिक विज्ञ सल्लाहकार समिति गठन गरेका हुन् ।समितिमा मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. भगवान कोइराला, पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा, गण्डकी प्रदेश सरकारको योजना आयोगका पूर्वउपाध्यक्ष रघु काफ्ले छन् । यसैगरी पूर्वस्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेल र अमित भण्डारी रहेका छन् । समितिले मन्त्री पौडेललाई मन्त्रालयका गतिविधि प्रभावकारी बनाउन सल्लाह दिनेछ ।‘उहाँको विज्ञताले मन्त्रालयको कामलाई अझै प्रभावकारी बनाउनेछ’, पौडेलले भने, ‘उहाँहरूको साथ, सहयोग, सुझावलाई लिएर अगाडि बढ्नेछु ।’
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.