काठमाडौँ — नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो । अध्यक्षमा निर्वाचित शर्माले ४ हजार २८२ मत प्राप्त गरिन् भने उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ हजार मतमात्र पाए । विष्टले प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायत संगठनबाट श्रमजीवी पत्रकारको प्यानल खडा गरेर चुनाव लडेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा ४२ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत पाएको निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जनाए ।समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।पत्रकार महासंघको २७औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
Trending Now
- ABC News to pay Trump $15 million in defamation suit
- Strong storm in Mayat, 25 dead
- सर्जक पद्यमावती सिंहको जन्कु कार्यक्रम सम्पन्न
- निबन्धकार ग्वंगःको निबन्धकृति ‘मै एक मै अनेक’ सार्वजनिक
- Two killed in US school shooting, attacker 15-year-old
- राजविराज थपिएसँगै आन्तरिकतर्फ १० विमानस्थलमा रात्रिकालीन उडान सफल
- सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय
- काठमाडौंका पूर्वमेयर सिंहको शोकमा आधा झण्डा झुकाउने कांग्रेसको निर्णय
- राँगाभैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता
- ACC U-19 Women’s Asia Cup: Nepal beats Pakistan to reach Super 4
Comments are closed.