काठमाडौं । वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भएको संघका सीईओ अनिल शर्माले जानकारी दिए ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।
संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको शर्माले जानकारी दिए । उनीहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन भएका छन् । खालिङ अहिले पनि सदस्य रहेकोमा दोहोरिने भएका हुन् ।संघको नयाँ कार्यसमिति चयनबारे औपचारिक घोषणा हुन भने बाँकी छ । बुधबार बस्ने संघको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा हुनेछ ।
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.