काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सामान्य सुधारको संकेत देखिएको छ । गत वर्षको मंसिर महिनाको तुलनामा आयात र निर्यात दुबै बढेको तथ्यांक आज भन्सार विभागले सार्वजनिक गरेको हो ।
भन्सार विभागका अनुसार गत वर्षको मंसिरसम्म ६ खर्ब ४२ अर्बको आयात भएकोमा यो वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्बको आयात भएको छ । जुन गत वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । यस्तो आयात कात्तिकसम्म शुन्य दशमलव एक सात र निर्यात ४ दशमलव एक ६ प्रतिशतले मात्रै बढेको थियो ।
निर्यात पनि मंसिर महिनामा १६ दशमलम पाँच ४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ६३ अर्ब २० करोडको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ७३ अर्ब ६५ करोडको निर्यात भएको हो ।
आयातको तुलनामा निर्यात बढी भएको देखिएपनि निर्यातभन्दा आयात ठूलो मात्रामा हुनेहुँदा ब्यापार घाटा भने बढेको छ । गत वर्षको मंसिरसम्म ५ खर्ब ७९ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको सोही अवधिमा घाटा बढेर ५ खर्ब ८७ अर्ब पुगेको छ । यस्तो घाटा गत कात्तिकमा शुन्य दशमलव दुई ६ प्रतिशत मात्रै रहेको छ ।
उच्च आयात हुने बस्तुमा डिजेल, पेट्रोल, ग्यास र फलाम तथा स्टिलको कच्चा पदार्थ रहेका छन् । त्यस्तै निर्यात सबैभन्दा बढि सिन्थेटिक तथा बुनिएका कपडा, प्लाई, जुट र सोयाबिनको तेल रहेका छन् ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.