काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रा.लिले सर्बसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । सर्बसाधारणलाई सेयर बेच्न कम्पनीको प्रा.लि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।शुक्रबार सम्पन्न सातौ बार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यद्यपी कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । ‘सेयर निष्काशनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ’ उनले भने ।
पछिल्लो समय घाटामा गएका कम्पनीहरुले सेयर सर्बसाधारणमा जारी गर्ने र सस्थापकहरूले सेयर बेचेर कम्पनी छोड्ने प्रवृति बढ्दै गएको छ । तर स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे । ‘शुक्रबार सम्पन्न साधारणसभाले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । हामी नोक्सानमा छैनौं’ उनले भने ।साधारणसभाले कम्पनीको आयव्यव पास गरेको जनाएको छ तर वित्तीय विवरण सार्वजनिक गरिएको छैन । ‘वोन्डर्स नेपाल प्रा.लि हो । हाम्रो आयव्यव सार्वजनिक गर्नु पर्दैन । कर कार्यालय, कम्पनी, कार्यालय लगायत सरकारी अफिसमा आयव्यव बुझाएका छौं । कम्पनीले राम्रो व्यापार गरिरहेको छ’ उनले भने ।धरहरा सञ्चालनपछि स्काईवाक टावरमा मानिसहरु चढ्न छोडेको र व्यापार हुन नसकेपछि सेयर बेच्ने निर्णयमा कम्पनी पुगेको विश्लेषण व्यवसायिक जगतमा हुन थालेको छ । प्रतिव्यक्ति एक हजार शुल्क तिर्नु पर्ने स्काईवाक टावरमा हाल मानिसहरू चड्न छाडेका छन् । ‘टिकट मूल्य बढी भयो भन्ने गुनासो उपभोक्ताबाट आएको छ । अहिलेको मूल्य नै एशियाको सबैभन्दा सस्तो हो । तर ग्राहकको भावना बुझेर मूल्य घटाउने विषयमा सोचिरहेका छौं’ उनले भने ।
शुक्रबारको साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पनि पुर्नरगठन गरिएको छ । कम्पनीको अध्यक्ष तेज बहादुर सिंह र प्रबन्ध निर्देशक बिष्णु हरि पाण्डे बनेका छन् । सिंह उक्त टावर क्षेत्रको जग्गाधनी हुन् । पाण्डे कलेज र एजुकेशन कन्सलटेन्सी क्षेत्रमा सफल व्यवसायी हुन् । पछिल्लो समय उनले बैकिङ र पूर्वाधारका क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् ।
प्रबन्ध सञ्चालक पाण्डेले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भईसकेकोले त्यसलाई सिग्र सन्चालनमा लाउने, सोही क्षेत्रमा सिटि बन्जी जम्प, डोम प्रोजेक्ट जस्ता लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने योजना रहेका बताए ।
Trending Now
- अनेसास केन्द्रले मनायो ३४ औँ अनेसास स्थापना दिवस
- Attorney General presents annual report to President
- US President Biden awards Pope Francis Presidential medal of freedom with distinction
- Thefts increase in California after fire: Curfew declared, $135 billion in damage
- चितवनमा सुमन वर्षाकाे कथासङ्ग्रह ‘अभ्यन्तर´माथि अन्तर्संवाद सम्पन्न
- NYEF Startup Awards Completed, DL Upload Wins Rs 4 Lakh
- Lumbini ranks ninth among 52 destinations in the world
- Arab nations are in turmoil after Israel released a controversial map of ‘Greater Israel’.
- सोलु को ‘तुइन जिन्दगी’ माथि पाेखरामा परिचर्चा सम्पन्न
- अनेसास नेपाल च्याप्टरले विभिन्न कार्यक्रम गरि अनेसासको ३४ औ स्थापना दिवस मनायो