धनुषा । विगत तीन दिनयता बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो ।
विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै शितलहर र सितको वर्षा पनि भइरहेको छ । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजीवन ठप्प छ । दैनिक ज्याला,मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन १० बजे बिहानसम्म ठप्प हुने गरेको छ । चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भएको छ ।
स्थानीयहरु आगो तापेर तथा ग्रामिण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जनकपुरधाममा शुक्रवार न्युनतम ११ र अधिकतम २१ डिग्री तापक्रम मापन गरिएको छ । जारी शितलहर र चिसो हावा अझै केही दिनसम्म रहने अनुमान गरिएको छ ।
Trending Now
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
- Harvard University files lawsuit against Trump administration’s decision to freeze aid
- प्रोल्लास सिन्धुलीयको ‘बागबजार बोल्दैन’ प्रकाशित
- India’s achievement: Development of technology to destroy drones with lasers
- कच्चा तेलको मूल्य बढ्यो, ब्यारेलको ७० डलरनजिक
- योगेश भट्टराईको चुनौती : पोखरा र भैरहवा विमानस्थलको अनियमिततामा संलग्नता पुष्टि गरेर देखाउन
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा
- खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
- Brazilian football player Carlos in Nepal
Comments are closed.