काठमाडौं । आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोली गत शुक्रबार साँझ ६ बजेतिर पक्राउ गरेको हो ।
उनीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको दाङका डीएसपी चक्रबहादुर शाहले बताए ।उनले मोटरसाइकल प्रयोग गरी अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि उनी सवार लु ४६ प ६१६१ नमबरको मोटरसाइकलमा सवार उनलाई तलासी गर्दा उक्त सुन फेला परेको हो ।यसका साथै उनीबाट १ लाख ७ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ ।
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.