काठमाडौँ – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज ओमन प्रस्थान गरेकी छिन्। आजदेखि फेब्रुअरी २० सम्म ओमनको राजधानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेको हो।
उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
उनी ओमनका विदेश मन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ लागेकी हुन्। सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime Partnership) मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन्।
साथै मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने (Amplifying the Voice of Global South) सम्बन्धी सत्रलाई सम्बोधन गर्नेछिन्।
यस भ्रमणका क्रममा मन्त्री डा राणाले ओमनका विदेश मन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्।
परराष्ट्रमन्त्री डा राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (जिसीसी) मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत र कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने कार्यक्रम पनि रहेको छ । उनी यही फेब्रुअरी २० मा स्वदेश फर्कने कार्यक्रम छ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.